katha

शुभकामना!



मानव अनवरत यात्रा गरे अबस्य गन्तब्य पुग्न सकिन्छ। चाहे पहरामा चिप्लियोस पाईला, चाहे तिखा तिखा काँडा टेकोस पाईला चाल्न भने छोड्नुहुन्न। प्रसंगबस चाईनिज दार्शनिक कन्फ्युशियसले भनेका छन; "हजार माईलको यात्रा पनि एउटा पाईला बाट शुरु हुन्छ" यसैको पुष्टी हाम्री गितकार बैनी पबित्रा राईले गरेर देखाएकी छिन। जन्म ठाउ- अँधेरी-, ओखलढुँगा, बुबा- धनश्वर रार्इ, आमा- भागीरत्न रार्इकी सुपुत्री पबित्रा राई आफ्ना गीतहरुको संग्रह "तरेली" लिएर आउँदैछिन।

'
मेरो प्यारो ओखलढुँगा' भन्ने बित्तिकै हामी उहि साहित्यकार 'सिद्धिचरण श्रेष्ठ' लार्इ सम्झन्छौ अनि राष्ट्रगानका रचनाकार 'ब्याकुल मार्इला'  "क्यासल रककी अप्सरा" कथा संग्रहका कथाकार सुन्दर जोशी जस्ता सयौं साहित्य साधकको जन्मस्थान भित्र एउटी कोशिसका यात्रामा पाईला चाल्दै गरेकी रचयिता हुन पबित्रा राई।  यहिं प्रसिद्द कबि, गीतकार, साहित्य साधकको हरुको थलोमै हुर्कीरहेकी पबित्रा राई आफ्नो यात्राको पाठ उनै जन्मभुमीको अति मनोरम छाँगा छहराबाट लिएकि हुन। उनले टेकेका हरेक पाईलामा संगीतका रागहरु छन, हरेक उकालिओरालीहरुमा छटपट्टिदै मुस्कुराई रहेका भावहरु छन। त्यसैले उनको गीतले भन्छ;
"
झल्झली आउछ आँखामा मेरो रोदी घर झरेको
भञ्याङ् अनि चैतारी माथी लिङ्गे पिङ् खेलेको
~~~
के गर्दै होला साथी सँगी त्यो गाउ घरमा
साझ विहान धाउदै होलान लेक वेसीमा
झल्झली आउछ आँखामा मेरो पँधेरी धाएको
भञ्याङ् अनि चैतारी माथी लिङ्गे पीङ खेलेको
~~~~~~
हलो जुवा कोदालो बोकी खेतमा धाएको
त्यो रानी वनमा सुसेली मार्दा कोयली नाचेको
झल्झली आउछ आँखामा मेरो मेलापात घाएको
भञ्याङ अनि चैतारी माथी लिङ्गे पिङ खेलेको......

"
गीतहरुभित्र, मायाहरु छन, छायाहरु छन,हरेक कायपलट छन जति छन उनै तेरेलीको एक डालो संग्रहभित्र खातैखात छन। उनी बिदेशमा बसेर पनि देशको छाँगा छहराको मायालाई आफ्ना वटा आधुनिक गित मार्फत पोखेकी छिन।
समर्पणका पन्तुराहरु यसरी थम्याउदै उनि आफ्नो भावहरु यसरी पोख्दै जान्छिन ;
छाडि गयैा तिम्ले आफ्नो खुशी सधै साच्नु
मेरो आयू तिम्लार्इ दिउला लाखैा जूनि बाच्नु
मन मन्दिरमा राखी तिम्लार्इ फूल झै सजाए
टेक्दै टेक्दै गयै तिम्ले मै पारी तर्ने पुल भए
रेटि छोड्यो मुटु मेरो ज्यूदो लास योके साच्नु
मेरो आयू तिम्लार्इ दिउला लाखैा जूनि बाच्न
हारे सक्तिन एउटा हातले ताली मार्नु
यो खुशीको मुहान तिमी आफ्नै तिर सार्नु
माया फाटे पछि टालेको मनलार्इ के साच्नु
मेरो आयू तिम्लार्इ दिउला लाखै जूनि बाच्नु
केही गुनासोका फोक्टा भरि छरिएका गुनासोहरु पनि भेटिन्छ, जे भेटिन्छ सम्पुर्ण प्रेमिलो भावले ओतप्रोत छन।
हाम्रा एकल संगीतकार श्री बालन्द राई ज्यु को संगीत संयोजनमा बिभिन्न प्रतिष्ठित गायक-गायिकाले स्वर भर्नु भएको तरेली एल्बम चाँडैनै बजारमा आउनेवाला छ। गायकहरु उदय सोताङ, सत्यस्वरुप, मनिला सोताङ, जुना प्रसाईं, आभा मुकारुङ
अन्य गायककारको मधुर स्वरमा चाँडै नै तरेली बजारमा आउनै लागेको यो अवसरमा लगायत भोजपुरे बलग युनिटको तर्फबाट अग्रीम बधाई तथा शुभकामना।

2 comments:

  1. तरेली
    यस एल्बमको औपचारिक कार्यहरू थोरै बाँकीनै रहेको भएता पनि बिजे “बिद्रोही” रार्इ दाजुले जुन प्रकारले मेरो जन्म गाउँ ठाउँको बयान गर्नुहुदै मेरो बखान गर्नु भएको छ । यस प्रति म कृतज्ञ छु । आभारी छु बिजे दाजु प्रति ।
    हार्दिक धन्यवाद बिजे “बिद्रोही” रार्इ दाजु अनि भोजपुरे ब्लग परिवारलार्इ ।
    पवित्रा रार्इ
    ओखल्ढुङ्गा

    ReplyDelete
  2. euta sarjaklaai hamile dina sakeko yahi aashirbaad ho baini so ma lagaayat mero unit ko tarfa baaTa dherai dherai shubhakaamanaa chha baini, paailaaharu shikhara maa rahuna.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin